२०८३ असार ३ गते , बुधबार

इलाममा रुखको हाँगाले लागेर एकजनाको मृत्यु

sajilo news
इलाम
२०८२ जेष्ठ २० गते , मंगलबार
इलाममा रुखको हाँगाले लागेर एकजनाको मृत्यु

इलाममा रुखको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ । रुख ढाल्ने क्रममा सूर्योदय नगरपालिका-८ का २६ वर्षीय निरोज लाप्चालाई रुखको हाँगाले टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

आज दिउँसो साढे २ बजे सूर्योदय नगरपालिका ७ सिंग्रान बस्ने रामबहादुर लाप्चाको जग्गामा रूखहरू किनेर ठेकेदारहरू सूर्योदय-८ बस्ने विनोद बुढाथोकी र गजेन्द्र कार्कीले काटिरहेका थिए । सोही क्रममा घटना घट्यो । प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल पुगेका थिए । कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।

सम्बन्धित समाचार