२०८३ असार ३ गते , बुधबार

बन्दकर्ताले गरे बिर्तामोडमा बस तोडफोड

sajilo news
झापा
२०८२ जेष्ठ २० गते , मंगलबार
बन्दकर्ताले गरे बिर्तामोडमा बस तोडफोड

यातायात व्यवसायीहरूले बिर्तामोडमा एउटा बस तोडफोड गरेका छन् । आज बिहान १० बजे बिर्तामोड –५ स्थित शनिश्चरे रोडमा इलामको दानावारिबाट यात्रु लिएर आएको को १ ख ७२०४ नम्बरको रकेट यातायातको बसलाई करिब १० जनाको सङ्ख्यामा रहेका बन्दकर्ताहरुले बाटो छेकेर बन्दको अवज्ञा भन्दै अगाडिको सिसामा ढुङ्गा प्रहार गरेका हुन् । सिसा तोडफोड गरी बन्दकर्ताहरू फरार भएका छन् भने ढुङ्गा प्रहारबाट बसमा सामान्य क्षति पुगेको छ ।

उक्त बसलाई बस चालकले सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । साथै, बिर्तामोडको पश्चिम बस स्टेण्ड अगाडि बन्दकर्ताले कालो नम्बर भएका सवारीसाधनहरू रोकेर आज पनि अवरोध गरेका थिए । यातायात व्यवसायीहरूले हिजोदेखि अनिश्चितकालीन बन्द आव्हान गरेका  छन् ।

सम्बन्धित समाचार