२०८३ असार ३ गते , बुधबार

काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

sajilo news
काठमाडौं
२०८२ जेष्ठ २० गते , मंगलबार
काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौँ महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गरिएको छ। महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको स्रोतले बताएको छ। 

यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको स्रोतको भनाइ छ।

महानगरका उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई उपेक्षा गर्दै आएको पाण्डेमाथि आरोप छ। उनीमाथि महानगरका प्रमुख बालेन्द्र शाहको पक्षमा वकालत गर्दै आएको आरोप पनि लाग्ने गरेको छ।

सम्बन्धित समाचार