२०८३ असार ३ गते , बुधबार
प्रचण्डको नक्कल गर्ने हास्यकलाकार गौतमको निधन
‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ। लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको गएराति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।
‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।