२०८३ असार ३ गते , बुधबार

काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिल क्षेत्रमा पनि निषेधाज्ञा जारी

sajilo news
काठमाडौं
२०८२ जेष्ठ १८ गते , आईतबार
काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिल क्षेत्रमा पनि निषेधाज्ञा जारी

काठमाडौंको तीन वटा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर क्षेत्रमा  दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र चाबहिलको सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ। 

'सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम मिति २०८२/०२/१९ गतेदेखि लागू हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार