२०८३ असार ३ गते , बुधबार

चार दिनदेखि मोरङ बेलबारीका चार बालिका बेपत्ता

sajilo news
रासस
२०८२ जेष्ठ १८ गते , आईतबार
चार दिनदेखि मोरङ बेलबारीका चार बालिका बेपत्ता

मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । 

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते  गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ ।  इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर  खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए ।

सम्बन्धित समाचार