२०८३ असार ३ गते , बुधबार

डाइभर्सन बनाएर ‘एसियन हाइवे’ मा यातायात सञ्चालन

sajilo news
झापा
२०८२ जेष्ठ १८ गते , आईतबार
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ मा यातायात सञ्चालन

झापा । अविरल वर्षासँगै आएको बाढीले बगाएको  पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’ को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ । 
एसियन हाइवेको पूर्वी खण्डका इञ्जिनियर आश्रय महतका अनुसार मेचीनगर नगरपालिका भित्र पर्ने कालीखोला र ढुकुरे खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि दुवै स्थानमा डाइभर्सन  बनाएर यातायात सेवा सञ्चालन भएको हो । 

यसैगरी, चारआली जङ्गल क्षेत्रमा वन्यजन्तुका लागि निर्माणाधीन ‘एनिमल अन्डरपास’ अन्तर्गतको डाइभर्सन पनि पुनर्निमाण भएको छ । आगामी  १५ दिनभित्रमा निर्माणधीन आयोजनाका सबै डाइभर्सन हटाई कल्भर्टमाथि दुई लेनबाट यातायात सञ्चालन हुनेगरी काम भइरहेको इञ्जिनियर महतले जानकारी दिए।

सम्बन्धित समाचार