२०८३ असार ३ गते , बुधबार

सिद्धि खोलाको नहरमा डुबेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ १७ गते , शनिबार
सिद्धि खोलाको नहरमा डुबेर एकजनाको मृत्यु

झापाको मेचीनगर नगरपालिका-१ सुनारे टोलस्थित सिद्धि खोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । इलाम रोङ गाउँपालिका- ७ बस्ने ५६ वर्षीय भगीरथ तामाङको नहरमा डुबेर मृत्यु भएको हो ।

सिद्धि खोलाबाट मेचीनगर २ भृकुटीसम्म सिँचाइको लागि लगेको नहरको ढोकामा घोप्टो परी अड्किरहेको अवस्थामा तामाङ आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार