२०८३ असार ३ गते , बुधबार

कनकाई नदीमा बनाइएको बाँसको पुल बगायो, हुलाकी राजमार्ग ठप्प

sajilo news
झापा
२०८२ जेष्ठ १७ गते , शनिबार
कनकाई नदीमा बनाइएको बाँसको पुल बगायो, हुलाकी राजमार्ग ठप्प

हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीमा बनाइएको बाँसको पुल बगाएको छ । गएराति परेको वर्षाले कन्काई नदीमा आएको बाढीले बाँसको पुल बगाएको हो । जसका कारण हुलाकी राजमार्ग अवरुद्ध बनेको छ ।

पूर्वपश्चिम राजमार्गमा एसियन हाइवे निर्माण गर्ने क्रममा बाटो भत्काइएपछि हुलाकी राजमार्गलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने गरिएको थियो । वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँस बनाएको थियो । 

बाँसको पुलबाट ठुला सवारी साधनहरू आवतजावत गर्न नसके पनि अटोरिक्सा, सिटी सफारी, मोटरसाइकल, साइकल र पैदलयात्रीहरुले सहज रूपमा वारपार गरिरहेका थिए । वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि

सम्बन्धित समाचार