२०८३ असार ३ गते , बुधबार

शिवसताक्षीको मकै बारीमा मानव कंकाल भेटियाे

sajilo news
झापा
२०८२ जेष्ठ १६ गते , शुक्रबार
शिवसताक्षीको मकै बारीमा मानव कंकाल भेटियाे

झापाको शिवसताक्षी नगरपालिका-७ स्थित लालपानी मण्डलबस्ति स्थित कृष्ण मण्डलको मकै बारीमा मानव कङ्काल फेला परेको छ । आज दिउँसो ४ बजे मकै बारीमा पुरुषको मानव कङ्काल भेटिएको भनी स्थानीयले प्रहरीले खबर गरेका थिए । 

उक्त मानव कङ्गाल सोही ठाउँका भीम श्रेष्ठको छोरा अन्दाजी ४४ वर्षीय ओम प्रकाश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । कपडा र मालाको आधारमा आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएको प्रकाश जेठ १ गते घरबाट हिँडी हराएको भनी उनका परिवारले इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलियासहित निवेदन दिएका थिए ।  घटनास्थलको सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी मानव कङ्गाल पोस्टमार्टमको लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार