२०८३ असार ३ गते , बुधबार

धुलाबारीको एक होटलमा आगलागी

sajilo news
झापा
२०८२ जेष्ठ १६ गते , शुक्रबार
धुलाबारीको एक होटलमा आगलागी

मेचीनगर नगरपालिका-१० धुलाबारी चोकमा रहेको एक होटलमा आगलागी भएको छ । दीपक निरौलाले आफ्नै घरमा सञ्चालन गरेको खाजा घरमा राति १०१० बजे अचानक बिद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट होटलमा रहेका फ्रिज, टिभी , विद्युतीय चुलो र विभिन्न सरसामान जल्दा अन्दाजी एक लाख बराबरको क्षति भएको छ । प्रहरी, स्थानीय र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार