२०८३ असार ३ गते , बुधबार

टिमाई खोलामा डुबेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ १५ गते , विहीबार
टिमाई खोलामा डुबेर एक जनाको मृत्यु

मेचीनगर नगरपालिका-१० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आज दिउँसो अन्दाजी १२:३० बजेको समयमा पहाडे मूलको जस्तो देखिने अन्दाजी वर्ष ४० का पुरुष टिमाई खोलामा घोप्टो परी मृत फेला परेको देखेसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको भनाई अनुसार मृतक ४/५ दिन अगाडिदेखि धुलाबारी बजारमा मागेर खाँदै हिँड्ने गरेको बुझिएको छ ।

सम्बन्धित समाचार