२०८३ असार ३ गते , बुधबार
बुद्धशान्तिमा ट्रकले मोटरसाइकलमा सवार युवतीलाई पेलेपछि....
झापाको बुद्धशान्तिमा ट्रकको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन् । हिजो बिहान मेचीनगर नगरपालिका –१४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प. ५१५२ न.को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ख. ४७११ न.को ट्रकले साइडबाट ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर –१० बस्ने २९ वर्षीय राहुल गुप्तालाई केही नभएको तर सोही मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति ५ बस्ने २२ वर्षीया आकृति दनुवार गम्भीर घाइते भएकी छन् । उनको कम्मरमाथि पेलिएको छ । घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेको छ । मोटरसाइकल ,ट्रक र ट्रक चालक बिर्तामोड ३ बस्ने ३४ वर्षीय विजय लिम्बू प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।