२०८३ असार ३ गते , बुधबार

प्रेस युनियनको स्थापना दिवस : झापामा पाँच जना सम्मानित

sajilo news
झापा
२०८२ जेष्ठ १३ गते , मंगलबार
प्रेस युनियनको स्थापना दिवस : झापामा पाँच जना सम्मानित

भद्रपुर। नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन झापा शाखाले लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
नेपाल प्रेस युनियन झापा शाखाका सभापति गिरीराज भट्टराईको अध्यक्षता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन झापा शाखाका उपाध्यक्ष ईश्वर अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष राजेश ढुङ्गाना, पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्यहरू गोविन्दचन्द्र क्षेत्री, लोकराज ढकाल, कृष्ण हुमागाईँलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सम्मानितको तर्फबाट नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष राजेश ढुङ्गाना, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबे, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए।

सम्बन्धित समाचार