झापामा बाढीजन्य विपद् : यस्ता छन् बिपद व्यवस्थापन समिति बैठकको निर्णयहरू
झापा । मनसुनको समय सुरु हुनै लागेकाले मनसुनजन्य विपद् प्रतिकार्य योजना तयार गर्न झापाका स्थानीय तहहरूलाई आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सोमबार बसेको बिपद व्यवस्थापन समितिको बैठकमा विभिन्न बुँदामा निर्णय गर्दै विपद् व्यवस्थापन समितिको बैठक यथाशीघ्र राखी मनसुनजन्य विपद्ले आफ्नो स्थानीय तहमा पुर्याउनु सक्ने क्षतिको पूर्वानुमान गरी जोखिम न्यूनीकरणका लागि अधिकतम पहल गर्ने आग्रह गरिएको छ ।
यस्ता छन् बिपद व्यवस्थापन समितिको बैठकका निर्णयहरू
१. सम्बन्धित सवै सरोकारवालाहरुको सहभागितामा तयार गरिएको झापा जिल्लाको "मनसुनजन्य विपद् प्रतिकार्य आपत्कालीन कार्य योजना, २०८२" पारित गरी कार्यान्वयन गर्ने।
२. मनसुनको समय शुरु हुनै लागेकाले मनसुनजन्य विपद् प्रतिकार्य योजना तयार गर्न बाँकी रहेका स्थानीय तहले अबिलम्ब तयार गर्ने साथै स्थानीय बिपद् ब्यवस्थापन समितिको बैठक यथाशिघ्र राखी मनसुनजन्य बिपद्ले आफ्नो स्थानीय तहमा पुर्र्याउन सक्ने क्षतिको पूर्वानुमान गरी जोखिम न्यूनीकरणका लागि अधिकतम पहल गर्ने।
३. सुरक्षा निकायहरुले आफ्नो जनशक्ति तथा आफूसँग भएका उद्धार सामग्रीहरु तयारी अवस्थामा राख्ने साथै मातहतका इकाईंहरुलाई स्थानीय तहसँग समन्वय र सम्पर्कमा रहन आवश्यक निर्देशन दिने। यसै सन्दर्भमा मनसुनजन्य बिपद प्रतिकार्य सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा नेपाली सेना अरिदमन गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी झापा समेतको सहभागितामा संयुक्त रुपमा कृत्रिम अभ्यास यथाशिघ्र सञ्चालन समेत गर्ने।
४. स्थानीय तह तथा संघसंस्थाहरुले बिपद् उद्धारका लागि आवश्यक पर्ने न्यूनतम सामग्रीहरु तयारी अवस्थामा राख्ने साथै आवश्यक मात्रामा राहत सामग्री (खाद्य तथा अखाद्य) समेतको बन्दोबस्त यथाशीघ्र गरिराख्ने। संघसंस्था/निकायहरुले स्थानीय तहसँगको समन्वयमा मात्र राहतका कार्यकमहरु संचालन गर्ने।
५. सबै स्थानीय तहका प्रत्येक वडाहरुमा बिपद्को समयमा तत्काल सम्पर्क गर्न मिल्ने र परिचालित हुने समुह (QRT/IRT) गठन गरी उपरोक्त टोलीका सदस्यहरुको मोबाइल नम्बर सहितको बिवरण टोलबासीहरु सम्म यथाशीघ्र पुर्र्याउने। यस कार्यमा इलाका प्रहरी कार्यालयहरुले आवश्यक सहजीकरण गर्ने।
६. झापा जिल्लाका गौरिगञ्ज गाउँपालिका र झापा गाउँपालिका लागायतका स्थानीय तहहरुको ठूलो क्षेत्र प्रत्येक वर्ष डुबानमा पर्ने गरेको, सो समयमा उद्धार तथा राहतका लागि डुंगा अत्यावश्यक रहेको तर जिल्लामा न्यून संख्यामा रहेका रवरवोट मध्ये पनि केही विग्रिएर चालु वर्षलाई काम नदीने भएको पाइएकोले तत्काल 2 थान रवरबोट उपलब्ध गराइदिन नेपाल सरकार गृह मन्त्रालयलाई र 1 थान रवरबोट र 1 थान जेट बोटको लागि कोशी प्रदेश सरकारसंग अनुरोध गर्ने।यस विषयमा नेपाल रेडक्रस सोसाइटी, झापा शाखा लगायत अन्य संघ संस्थाहरुले समेत आफ्नो केन्द्रीय निकायसंग पहल गर्ने।
७. स्थानीय तहहरुले नदीजन्य पदार्थको उत्खनन्, संकलनमा तोकिएको शर्त मापदण्ड पालना भए नभएको समेत अनुगमन गरी मापदण्ड/शर्त बिपरित उत्खनन् नहुने कुरा सुनिश्चित गर्ने। जिल्ला अनुगमन समिति/सुरक्षा निकायले समेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी नदीजन्य पर्दाथको उत्खनन्/संकलन स्थलहरुको अनुगमनलाई प्रभावकारी बनाउने।
८. शिवसताक्षी, कन्काई, अर्जुनधारा, भद्रपुर लगायत बिभिन्न स्थानीय तहहरुका बिभिन्न नदी/खोलाहरुका बिभिन्न स्थानबाट तत्काल नदीजन्य पदार्थ उत्खनन् नगरेमा बर्षातको समयमा नदीले बहाव परिवर्तन गर्ने/तटबन्ध भत्काउने/नदीको पानी खेत तथा बस्तीमा प्रवेश गर्नसक्ने भनी बिपद् ब्यवस्थापन समितिबाट निर्णय हुन अनुरोध भइ आएको सन्दर्भमा हालसम्म प्राप्त भएका निवेदन तथा यस पश्चात प्राप्त हुने निवेदनहरुमा समेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्थलगत अवलोकन गरेर प्रतिबेदन दिन प्राविधिक कर्मचारी समेतको संलग्नतामा टोली गठन गरी शिघ्र प्रतिबेदन लिइ सिफारिश बमोजिम निर्णय लिन प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिने।
९. मनसूनका समयमा सडक, पुलहरुमा क्षति पुग्न गइ आवागमनमा बाधा पुग्ने अवस्था आउन नदीन पूर्वपश्चिम राजमार्ग (लौकही-काकडभिट्टा सडक विस्ता आयोजना पूर्व र पश्चिम खण्ड) स्तरोन्नतिमा संलग्न दुबै योजना कार्यालयहरु, सडक डिभिजन कार्यालय, पूर्वाधार कार्यालय लगायतका निकायले बिशेष ध्यान पुर्र्याउने। कथंकदाचित यातायात अवरुद्ध भइहालेमा सुचारु गराउन सबै निकायले सहकार्य गरी संयन्त्र वनार्इ परिचालन गर्ने।
१०. मेचीनगर नगरपालिका भित्रका राइसिङ, मेची, निन्दा, टिमाई, पलिया, लगायतका खोलाहरुले बिभिन्न स्थानमा धार परिवर्तन गरेकाले ती नदी नियन्त्रणमा आवश्यक बजेट प्रवन्ध गरिदिन सम्बन्धित निकायमा सिफारिश हुन उक्त नगरपालिकाबाट अनुरोध भइ आएकाले उक्त स्थानहरुमा स्थलगत अवलोकन गरी आवश्यक स्थानमा बजेट प्रवन्धका लागि सिफारिश गर्न जनताको तटबन्ध कार्यालयलाई र बजेट तथा कार्यक्रमका लागि संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने।
११. गौरीगञ्ज गाउँपालिका वडा नं. १ को पूर्वमा कन्काई नदीमा नदी नियन्त्रणको प्रभावकारी ब्यवस्था नहुँदा प्रत्येक बर्ष झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाका बस्तिमा नदी प्रवेश गरी ठूलोमात्रामा खेतबारी तथा बाली नष्ट गर्ने गरेकोले बिपद ब्यवस्थापन समितिबाट सम्बन्धित निकायको ध्यानाकर्षण गरिदिन भनी गौरीगञ्ज गाउँपालिकाबाट प्राप्त पत्र तथा बिरिङ , मेची , मावा, रतुवा लगायतका नदी खोलाहरुबाट प्रभावित स्थानीय तहहरुबाट नदी नियन्त्रणका लागि आवश्यक बजेट नहुँदा बर्षेनी भइरहेको धनजनको क्षति तथा सम्भावित जोखिम बारे आजको बैठकमा छलफल गरी ती स्थानीय तहबाट अनुरोध भइ आएका स्थानमा तटबन्ध निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिन संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने।
१२. बिर्तामोड -शनिश्चरे- खुदुनाबारी सडकखण्ड अन्तर्गत बिरीङ खोलामा रहेको मोटरेबल पुल जीर्ण भइ आवातजावात गर्न नमिल्ने भएको भनी स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय, इटहरीले २०८२।२।११ मा प्रतिबेदन दिएको हुँदा उक्त पुल भत्काई नयाँ पुल बनाउन आवश्यक बजेट ब्यवस्था तथा सो पुल नबनेसम्म यातायात सुचारु गर्न भरपर्दो बैकल्पिक ब्यवस्थाका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने।
१३. हुलाकी राजमार्गमा बिरिङखोलाको पुलको पश्चिमतर्फको एप्रोचरोड तथा सो सँगैको तटबन्धको केहि भाग निर्माण सम्पन्न नगरी छाडिएको अवस्थाका कारण आगामी मनसूनको समयमा बस्तिमा बाढि पस्न सक्ने तथा पुलबाट आवातजावत गर्न सम्भव नभइ उद्धार तथा राहतमा समेत अवरोध हुने देखिएकोले उक्त एप्रोचरोड निर्माण तथा तटबन्ध मर्मत तत्काल (बाढि शुरु हुनुभन्दा अगावै) गर्न हुलाकी राजमार्ग आयोजना कार्यालय, इटहरीको ध्यानाकर्षण गराउने।
१४. डिभिजन वन कार्यालय, झापाबाट विपदमा परेका व्यक्तिहरुलार्इ सहुलियत दरमा काठ उपलब्ध गराईएको देहायको विवरण अनुमोदन गर्ने।
तपशिल
|
क्र.स. |
नामथर, ठेगाना |
काठ वितरण सिफारिस मिति |
वितरण भएको काठको विवरण |
कैफियत |
|
१ |
बिष्णु कट्टेल, हल्दीबारी गाउँपालिका वडा नं २ |
2081/12/17 |
38.85 क्यू.फीट साल |
|
|
२ |
निम नारायण गणेश, भद्रपुर नगरपालिका वडा नं 7 |
2082/03/01 |
39.5 क्यू.फीट साल |
|
|
३ |
डम्बर बहादुर बास्तोला, कनकार्इ नगरपालिका वडा नं 6 |
2082/03/01 |
40.42 क्यू.फीट साल |
|
|
४ |
शुक्र कुमार माझी, गौरीगञ्ज गाउँपालिका वडा नं ५ |
2082/08/01 |
39.65 क्यू.फीट साल |
|
|
५ |
सनतलाल हरिजन, गौरीगञ्ज गाउँपालिका वडा नं ५ |
2082/01/08 |
39.24 क्यू.फीट साल
|
|
|
६ |
भिडब्लु हरिजन, गौरीगञ्ज गाउँपालिका वडा नं ५ |
2082/01/08 |
35.16 क्यू.फीट साल |
|
|
७ |
अनतलाल हरिजन, गौरीगञ्ज गाउँपालिका वडा नं ५ |
2082/01/08 |
39.25 क्यू.फीट साल |
|
|
८ |
भवानी प्रसाद ढकाल, भद्रपुर नगरपालिका वडा न १० |
2082/01/10 |
39.36 क्यू.फीट साल |
|
|
९ |
निर्मला आचार्य, मेचीनगर नगरपालिका वडा नं 10 |
2082/01/24 |
39.06 क्यू.फीट साल |
|
|
१० |
अमृत बिश्वकर्मा, अर्जुनधारा नगरपालिका वडा नं ४ |
2082/02/07 |
23.95 क्यू.फीट साल |
|
|
जम्मा |
374.44 क्यू.फीट साल |
|
||
- जंगली हात्ती तथा हावाहुरीका कारण सामुदायिक वन लगायतको वन क्षेत्रमा वन पैदावर रुखहरु ढल्न सक्ने सम्भावना भएकाले त्यस्ता ढलेका रुखहरुको समयमै सुरक्षा नगरे हानिनोक्सानी हुनसक्ने हुँदा यस प्रकारको वन पैदावरको सुरक्षा तथा संरक्षण गर्न डिभिजन वन कार्यालयलार्इ निर्देशन दिने।
- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाबाट पेश भए बमोजिम चालू आ.ब. मा देहायका ब्यक्तिलाई "पशुपन्छी सम्बद्व प्राकृतिक प्रकोप/विपदजन्य क्षतिको राहत" वितरण गर्ने।
|
क्र.स |
फर्मको नाम |
सन्चालकको नाम |
ठेगाना |
क्षतिको विवरण |
रहत रकम रु |
कैफियत |
|
१ |
तुलसी प्रसाद ढकाल |
तुलसी प्रसाद ढकाल |
भद्रपुर-९ |
आगजनी भइ गाई तथा बाख्रा र गोठ/खोरमा क्षति |
27,000।- |
|
- यस आर्थिक वर्ष 081/82 को श्रावण महिना देखि माघ १५ गतेसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट विपदमा परेका व्यक्ति/परिवारलाई तत्काल राहत स्वरुप वितरण गरिएको देहाय अनुसाको रु 11,99,000।- (एघार लाख उनान्सय हजार) राहत रकम अनुमोदन गरियो ।
|
सि.न |
राहत बुझिलिने व्यक्तिको नामथर |
ठेगाना |
विपद् क्षतिको प्रकार |
रकम |
कैफियत |
|
1. |
रण बहादुर दनुवार |
गौरादह |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
नगद |
|
2 |
ताराबल गिरी |
हल्दिबारी-3 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
नगद |
|
3 |
निर्मला कुमारी साह |
हल्दिबारी-3 |
आगलागी/ आंसीक क्षती |
7000।- |
नगद |
|
4 |
खगेन्द्र थापा |
गौरादह-9 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
नगद |
|
5. |
कृष्ण प्रसाद राजवंशी |
गौरीगन्ज 6 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
नगद |
|
6. |
जयन्ती राई |
शिवसताक्षी-7 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
नगद |
|
7 |
दुखी हस्दा |
झापा-7 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
नगद |
|
8 |
निम नारायण गणेश |
भद्रपुर-7 |
घर आगलागी/आशिंक क्षती |
12000।- |
नगद |
|
9 |
लेख वहादुर खत्री |
झापा-7 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
नगद |
|
10 |
ललित वहादुर अधिकारी |
विर्तामोड-7 |
घर आगलागी/पुर्ण क्षती |
20000।- |
नगद |
|
11 |
सन्तलाल हरिजन |
गौरीगन्ज-5 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
बैक ट्रान्सफर |
|
12 |
भडब्लु हरिजन |
गौरीगन्ज-5 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
बैक ट्रान्सफर |
|
13 |
अनतलाल हरिजन |
गौरीगन्ज-5 |
घर आगलागी/आंशिक क्षती |
10000।- |
बैक ट्रान्सफर |
|
14 |
सुक्र कुमार माझी |
गौरीगन्ज-8 |
घर आगलागी/पुर्ण क्षती |
15000।- |
बैक ट्रान्सफर |
|
15 |
मंजुर हक मिया |
झापा गा.पा 4 |
मानवीय क्षती चट्याङ्ग |
200000।- |
बैक ट्रान्सफर |
|
16 |
लिला बहादुर गिरी |
गौरादह न.पा 8 |
मानवीय क्षती चट्याङ्ग |
200000।- |
बैक ट्रान्सफर |
|
17 |
निरिका कुमारी राजवंशी |
कचनाकवल 1 |
मानवीय क्षती बाढी |
200000।- |
नगद |
|
18 |
टिकाराम चौधरी |
कमल गा.पा 1 |
मानवीय क्षती बाढी |
200000।- |
नगद |
|
19 |
सुवास पाण्डे |
कमल गा.पा 1 |
मानवीय क्षती बाढी |
200000।- |
बैक ट्रान्सफर |
|
|
जम्मा |
|
|
1१,99,000।- |
|