२०८३ असार ३ गते , बुधबार

झापाको बाह्रदशीमा आगलागी, चौपायासहित दुई लाखको क्षति

sajilo news
झापा
२०८२ जेष्ठ १३ गते , मंगलबार
झापाको बाह्रदशीमा आगलागी, चौपायासहित दुई लाखको क्षति

झापाको बाह्रदशीमा आगलागी हुँदा चौपायासहित दुई लाखको क्षति भएको छ । आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।

आज बिहान ४ बजे बाह्रदशी गाउँपालिका ५ घोडामारा बस्ने ५० वर्षीय विष्णु ओझाको ग्वालीमा रहेको चुलोबाट आगलागी भएको थियो । खोले पकाएर ननिभाइकन राखेकोमा अचानक सल्केर आगलागी हुँदा विद्युतीय मोटर , कुटी काट्ने मेसिन जल्नुका साथै गाईको दुईवटा बाच्छा जलेर मरेका छन् । त्यस्तै काठपात र ग्वाली पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी दुई लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा आगोले ढाँड तथा हातमा पोलेर घरधनी ओझा घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा बिहान ४.३० बजे आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार