२०८३ असार ३ गते , बुधबार

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ १२ गते , सोमबार
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए।

दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो। उपचारका क्रममा सर्पराजको दिउँसो १:५० बजे र महजितको २:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार