२०८३ असार ३ गते , बुधबार

ग्यास रेगुलेटर लिक भई आगलागी, दाजुबहिनीको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ १२ गते , सोमबार
ग्यास रेगुलेटर लिक भई आगलागी, दाजुबहिनीको मृत्यु

रूपन्देहीको शुद्धोधन गाउँपालिका-५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजुबहिनीको मृत्यु भएको छ। आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो लागेपछि २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनमको र्मत्यु भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

आगो लाग्दा जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार बेलुकी नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । बहिनी सोनमलाई त्यहीँ मृत घोषणा गरियो।

प्रहरीका अनुसार थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै दाजु शिवकुमारको ज्यान गयो। दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले बताए।

सम्बन्धित समाचार