२०८३ असार ३ गते , बुधबार

बिषालु सर्पले डस्दा एक बालकको मृत्यु

sajilo news
मोरङ
२०८२ जेष्ठ ११ गते , आईतबार
बिषालु सर्पले डस्दा एक बालकको मृत्यु

मोरङको बेलबारीमा बिषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ः३० बजे बेलबारी –८ वीरेन्द्र चोक बस्ने सुवास खत्रीका छोरा ११ वर्षीय शिशिर खत्रीलाई सर्पले दाहिने खुट्टाको पन्जामा टोकी उपचारको लागि कोशी अस्पताल विराटनगर लगेकोमा चेकजाँचपश्चात् डाक्टरले राति ८ बजे मृत घोषणा गरेका थिए । उनलाई कुन सर्पले टोकेको हो भनेर खुलेको छैन । मृतकको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार