२०८३ असार ३ गते , बुधबार

सर्वसुलभ साकोस भद्रपुरको अध्यक्षमा दीपक पोखरेल

sajilo news
झापा
२०८२ जेष्ठ १० गते , शनिबार
सर्वसुलभ साकोस भद्रपुरको अध्यक्षमा दीपक पोखरेल

भद्रपुर । भद्रपुर-८ स्थित सर्वसुलभ बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। दीपक पोखरेलको अध्यक्षतामा स्थानीय नेपाल सामुदायिक विकास केन्द्रको सभा हलमा साधारण सभा सम्पन्न भएको हो।

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको साधारण सभाले शनिवारै सञ्चालक समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिको अध्यक्षमा दीपक कुमार पोखरेल सर्वसम्मत चयन भएका छन् । नवगठित समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः नितेश वर्मा, मनोज दाहाल, रामहरि खतिवडा र योगेन्द्र ढुङ्गाना रहेका छन् । 

त्यस्तै सदस्यहरूमा रविन राजवंशी, बुद्धिराज कोइराला, तोयानाथ गडतौला र निर्मला खतिवडा भएका छन भने सल्लाहकारहरूमा टिकाराज ढकाल, आनन्द खतिवडा, दीपेश  ढकाल, मनोज सुब्बा र जीवन कुमार श्रेष्ठ ,अभिषेक ढुङ्गाना रहेका छन् ।  उद्‌घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, ८ नं वडा अध्यक्ष मनोज सुब्बा, भद्रपुरका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले सहकारीको सञ्चालनको आवश्यकता र व्यवस्थित सञ्चालनका विषयमा प्रकाश पारेका थिए । 

अध्यक्ष पोखरेलले सहकारीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले जिम्मा लिएको छोटो अवधिमै यसले नाफा आर्जन गर्न थालेको बताए । उनले शेयर सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न आग्रह गर्दै आगामी वर्ष गरिने क्रियाकलाप सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सहकारीका उपाध्यक्ष दीप पौडेलले सञ्चालन गरेको  साधारण सभामा व्यवस्थापक अर्जुन दुलालले स्वागत मन्तव्य राखेको थियो । 

सम्बन्धित समाचार