२०८३ असार ३ गते , बुधबार

राजगढमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ १० गते , शनिबार
राजगढमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने  वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स १ त ५४४२ नंको ट्याक्टर विपरीत दिशाबाट आइरहेको म प्र ०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

सम्बन्धित समाचार