२०८३ बैशाख २३ गते , बुधबार

पञ्जाब दोस्रो स्थानमा उक्लियो, राजस्थानमाथि कोलकाताको रोमाञ्चक जीत

sajilo news
एजेन्सी
२०८२ बैशाख २२ गते , सोमबार
पञ्जाब दोस्रो स्थानमा उक्लियो, राजस्थानमाथि कोलकाताको रोमाञ्चक जीत

इण्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाब किङ्सले लखनऊ सुपर जायन्ट्समाथि ३७ रनको जित निकालेको छ। आइतबार राति धर्मशालास्थित एचपीसीए स्टेडियममा २३७ रनको लक्ष्य पछ्याउँदै लखनऊले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो।

यो जितसँगै पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लगातार तेस्रो खेल हारेको लखनऊ सातौँ स्थानमा छ।आइतबार नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि १ रनको रोमाञ्चक जित दर्ता गरेको छ। यससँगै कोलकाताले प्लेअफको आशा जीवित राखेको छ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाएर २०५ रन बनाउन सक्यो। जीतपछि कोलकाता छैटौँ स्थानमा उक्लिएको छ।

सम्बन्धित समाचार