२०८२ मंसीर १२ गते , शुक्रबार

‘क’ वर्गका पाँचवटा बैंकसहित ११ वित्तीय संस्था कारबाहीमा

sajilo news
पत्रपत्रिका
२०८२ बैशाख १९ गते , शुक्रबार
‘क’ वर्गका पाँचवटा बैंकसहित ११ वित्तीय संस्था कारबाहीमा

नेपाल राष्ट्र बैंकले माघदेखि चैतसम्मको अवधिमा पाँचवटा वाणिज्य बैंकसहित १२ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कारबाही गरेका ‘क’ वर्गका बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

कारबाहीमा परेका विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्सलाई पनि कारबाही गरेको छ ।

चालू आर्थिक वर्षमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले पहिलोपटक कारबाही गरेको हो । केही कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको हो । केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूको जोखिम भार गणना क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन)मा भएका कतिपय व्यवस्थाको पूर्ण पालना गरेको नपाइएकाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकलाई भने निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको छ ।

आव २०८१–८२ को दोस्रो त्रैमास २०८१ पुस मसान्तसम्मको अवधिमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिमाना गरिएको छ । सो बैंकले कृषि, ऊर्जा, लघु एवं साना तथा मझौला उद्योगमा कर्जा प्रवाह नगरेकाले कारबाही गरिएको हो । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार