२०८३ बैशाख २५ गते , शुक्रबार
साइकलको ह्यान्डलभित्र ब्राउनसुगर लुकाएर ल्याउने दुई युवक समातिए
झापा गाउँपालिकामा साइकलको ह्यान्डलभित्र ब्राउनसुगर लुकाएर ल्याउने दुई युवक पक्राउ परेका छन् । शुक्रबार दिउँसो साढे ४ बजेतिर झापा गाउँपालिका ४ टाँघनडुब्बामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले शिवसताक्षी ५ बस्ने २७ वर्षीय पञ्चम ताजपुरिया र सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन हजामलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा ताजपुरियाले चलाएको साइकलको ह्यान्डलको पाइपभित्र कालो प्लास्टिकको पोका बनाई ब्राउनसुगर लुकाएर ल्याएको फेला परेको थियो । प्लास्टिकसहित २ ग्राम २९० मिलिग्राम ब्राउनसुगर फेला पारी दुवै जनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।