२०८२ बैशाख १३ गते , शनिबार

पेट्रोल, डिजेल र मट्टितेल मूल्य घट्यो

sajilo news
झापा
२०८२ बैशाख २ गते , मंगलबार
पेट्रोल, डिजेल र मट्टितेल मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो। 

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ३. १५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएको छ।  बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ। 

 

सम्बन्धित समाचार