२०८२ बैशाख १३ गते , शनिबार

नाइट क्लबको छत खस्दा हलिउड गायक रुबीको निधन

sajilo news
एजेन्सी
२०८१ चैत्र २९ गते , शुक्रबार
नाइट क्लबको छत खस्दा हलिउड गायक रुबीको निधन

लस एन्जलस । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबको छत खस्दा हलिउडका प्रसिद्ध गायक रुबी पेरेजको मृत्यु भएको छ । उनका प्रबन्धक एनरिको पाउलिनोले रुबीको मृत्यु भएको बताएका छन् । रुबी पेरेज ६९ वर्षका थिए । कार्यक्रममा आफ्ना गीत प्रस्तुत गर्ने क्रममा छत खसेर दुर्घटनापछि अस्पताल लगिएका पेरेजलाई बुधवार बेलुका मृतक घोषित गरिएको थियो ।

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोेमा एक डिस्कोको छत भत्किँदा रुबी सहित कम्तीमा ११३ जनाको मृत्यु भएको छ । १२० भन्दा बढी व्यक्ति घाइते भएको रिपोर्ट आएको छ । यस घटनामा उद्धार कार्य भइरहेको र भग्नावशेषमुनि फसेका मानिसहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् । यस घटनामा घाइते हुनेहरूमा रुबी पेरेजका टिमका सदस्यहरू पनि छन् ।

जसका कारण क्लब बाहिर ठुलो संख्यामा मानिसहरू जम्मा भएका थिए । आफ्ना साथीभाइ र आफन्तहरूलाई खोज्ने क्रममा त्यहाँ मासिनहरुको अझै भिड रहेको छ ।

उद्धार कार्य घटनाको बारेमा थप जानकारी दिँदै, आपत्कालीन कार्य केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले केही मानिसहरू भग्नावशेषमुनि जीवित हुन सक्ने बताएका छन् । त्यसैले उद्धारकर्मीहरूले हार मान्ने निर्णय नगरी खटिरहेको उनले बताए ।

डोमिनिकन रिपब्लिक राष्ट्रपति लुइस अबिनाडरको प्रतिक्रिया राष्ट्रपति लुइस अबिनाडरले यस भयानक घटनाप्रति दुःख व्यक्त गरे । उनले सामाजिक सञ्जालमा लेख्दै सबै उद्धारकर्मीहरू प्रभावित मानिसहरूलाई निकाल्न लागिपरेको बताएका छन् । राष्ट्रपतिले घटनास्थलमा पुगेर घाइतेका परिवारलाई भेटेका छन् ।

सम्बन्धित समाचार