२०८३ बैशाख ३० गते , बुधबार
हाम्रो नेपाल सहकारीको करोडौं रकम हिनामिना गर्ने भुजेल झापा कारागार चलान
बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल सहकारी संस्था लिमिटेडको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी झापा कारागार चलान भएका छन् ।
३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज सेवा केन्द्रका प्रमुख जीवन भुजेल पक्राउ परेका थिए । झापा जिल्ला अदालतको ८ नम्बर न्यायाधीश ऋत्तबहादुर पुलामी मगरको आजको इजलासले भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको एक कानुन व्यवसायीले जानकारी दिए ।
गौरादह-२ घर भई सहकारीको शिवगञ्ज सेवा केन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति , बचत तथा ऋण हिनामिना गरेका थिए । सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको थियो ।