२०८३ बैशाख २३ गते , बुधबार

झापाको हल्दिबारीमा प्रहरीमाथि हातपात, एक महिला पक्राउ

sajilo news
झापा
२०८१ चैत्र २५ गते , सोमबार
झापाको हल्दिबारीमा प्रहरीमाथि हातपात, एक महिला पक्राउ

महिला प्रहरीमाथि हातपात गर्ने झापा हल्दिबारीकी एक महिलालाई पक्राउ परेकी छिन् ।  गएराति ९ बजे हल्दिबारी गाउँपालिका २ बस्ने देवराज घिमिरेकी ३१ वर्षीया श्रीमती पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन गरी घरपरिवारका सदस्यहरूलाई गालीगलौज एवं अपशब्द प्रयोग गरी झैझगडा गरिरहेकी थिइन् । त्यसको खबर पाएपछि प्रहरी चौकी हल्दिबारीबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर मगरको कमान्डमा महिला प्रहरीसहित टोली गएको थियो ।

झगडा गरिरहेकी ती महिलालाई सम्झाउने क्रममा उनले महिला प्रहरीमाथि नै हातपात गरेकी हुन् । उनले इलाम माइजोगमाई गाउँपालिका-४ घर भई इलाका प्रहरी कार्यालय बिर्तामोडमा दरबन्दी भएकी प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रनिता देवानमाथि हातपात गरेकी हुन् । देवानको दुवै आँखामाथि सामान्य चोट लागेको छ । उनलाई स्थानीय मेडिकलमा उपचार गराइएको थियो ।

प्रहरी जवान देवानको चुस्तासमेत च्यातिएको छ । प्रहरीमाथि हातपात गर्ने घिमिरेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ

सम्बन्धित समाचार