२०८३ बैशाख २३ गते , बुधबार

केचनामा एकै रात तीनवटा घरबाट लाखौंको धनमाल चोरी

sajilo news
झापा
२०८१ चैत्र २५ गते , सोमबार
केचनामा एकै रात तीनवटा घरबाट लाखौंको धनमाल चोरी

कचनकवल गाउँपालिका–४ स्थित केचनामा एकै रात तीन वटा घरमा चोरी भएको छ। गाउँमा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा शनिबार राति करिब ९ बजेको समयमा तीन घरबाट लाखौँको धनमाल चोरी भएको हो ।

स्थानीय प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टंक खनालको घरबाट सुनको सिक्री र नगद २० हजार रुपैयाँ , लक्ष्मी चौहानको घरमा रहेका सामानहरू छरपस्ट पारी चोरी गर्नेहरू फरार भएका थिए ।

घटनाको समयमा गाउँमा अष्टजाम संकीर्तनको भीडभाड रहेको र घरहरू सुनसान भएको कारण चोरी भएको अनुमान गरिएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार