२०८३ बैशाख २३ गते , बुधबार
टी–२० को नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा
चारदेशीय टी–२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। शनिबार नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
पौडेलको कप्तानीमा घोषित टोलीमा आरिफ शेख, कुशल मल्ल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी र कुशल भूर्तेल परेका छन्। यसैगरी ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, शाहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सनकुमार झा पनि टोलीमा परेका छन्।
नेपाली टोलीमा लोकेश, बसिर र शाहबले पुनरागमन गरेका छन्। नन्दन भने पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्। चारदेशीय टी–२० सिरिज अप्रिल ९ देखि १३ सम्म हुँदै छ। शृंखलामा घरेलु टोली हङकङसहित नेपाल, कतार र कुवेत सहभागी हुँदै छन्। नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।