२०८३ बैशाख २३ गते , बुधबार

डान्सवारमा विवाद, बाउन्सरमाथि हतियार प्रहार

sajilo news
सुनसरी
२०८१ चैत्र २२ गते , शुक्रबार
डान्सवारमा विवाद, बाउन्सरमाथि हतियार प्रहार

सुनसरीको इटहरीमा रहेको क्लब के डान्सबारमा मध्यरातमा विवाद भएको छ । राति अन्दाजी १२ः४० बजे इटहरी–६ इटहरी चोकस्थित क्लब के डान्सबारमा आएका तत्काल उमेर नखुलेका वडा नं.८ हाटखोला बस्ने सुशील राजवंशी,आशिष् चौधरी,सूर्य गुरुङ, खनार घर भएका सुजन बिस्टलगायत ७/८ जना युवाहरूको समूहले क्लबमा कार्यरत बाउन्सरसंग विवाद गरेका थिए । बाउन्सरलाई काट्छौ भन्दै उनीहरू निस्किएका थिए ।

त्यसरी विवाद गर्नेहरूलाई क्लबका बाउन्सरहरुले खोजी गर्दै जाने क्रममा क्लबका बाउन्सर इटहरी-५ बस्ने ३० वर्षीय विजय मगरमाथि युवाहरूले धारिलो हतियार प्रहार गरेका थिए । उनको बायाँ पाखुरा काटिएको छ । उनलाई उपचारको लागि इटहरीस्थित सामुदायिक पोलिक्लिनिक लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट मोबाइल टोली परिचालन भई ती युवाहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार