२०८३ बैशाख २३ गते , बुधबार

राजस्थानको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

sajilo news
एजेन्सी
२०८१ चैत्र १८ गते , सोमबार
राजस्थानको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  राजस्थान रोयल्सले यस सिजनको पहिलो जित हात पारेको छ।  पहिलो दुई खेलमा पराजित राजस्थानले आइतबार चेन्नई सुपर किंग्सलाई ६ रनले हरायो।

पहिलो खेल जितेको चेन्नई त्यसयता लगातार दोस्रो खेलमा पराजित भएको हो।  टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो।​

नितिश रानाले ३६ बलमा ८१ रन जोडे। प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे। कप्तान रियान परागले २८ बलमा  समान २ चौका र छक्कासहित ३७, सञ्जु सामसनले २० र सिम्रोन हेटमायरले १९ रन बनाए। चेन्नईका खलिल अहमद, नुर अहमद र माथिशा पाथिरानाले २–२ विकेट लिए।

जवाफमा आएको चेन्नईले ६ विकेट गुमाई १ सय ७६ रन मात्र बनाउन सक्यो। कप्तान रुतुराज गायकवडले ४४ बल खेली ७ चौका र १ छक्कासहित ६३ रन बनाए।

राहुल त्रिपाठी १९ बलमा २३, शिवम दुबे १० बलमा १८, महेन्द्रसिंह धोनी ११ बलमा १६ रन बनाई आउट भए। रवीन्द्र जडेजा २२ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ र जेमी ओभरटन ४ बलमा ११ रन बनाई अविजित रहे।

जोफ्रा आर्चरले पहिलो ओभरमै रचिन रवीन्द्रलाई आउट गरी राजस्थानलाई राम्रो सुरुआत दिलाएका थिए। आर्चरले ३ ओभरमा १३ रन मात्र खर्चे। वानिन्दु हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। प्रतियोगतामा आज मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्सबीचको खेल राति पौने ८ बजे बाङ्खडेमा हुनेछ। 

सम्बन्धित समाचार