एनएसएल : गोलरहित बराबरीमा झापा र लुम्बिनीले अंक बाँडे
नेपाल सुपर लिग (एनएसएल)को दोस्रो खेलमा झापा एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा कुनै पनि टिमले गोल गर्न सकेनन्। १० खेलाडीमा सीमित बुटवल लुम्बिनी विरुद्ध पहिलो हाफदेखि नै अट्याकिङ खेलेको झापाले गोल भने गर्न सकेन।
झापाका लागि सातौं मिनेटमा अल्हाजी गेरोले वान बाइ वानमा बुटवल लुम्बिनी एफसीका गोलकिपर दिप कार्कीले बचाए। खेलको १३ औँ मिनेटमा अर्षिक लजारको क्रसमा ईसाईभ मुखम्मदले हानेको लङ रेन्जको सट दिप कार्कीले पञ्च गरिदिए।
२२ औं मिनेटमा अर्षिक लजारले गरेको बाँया तर्फबाट गरेको प्रहार दिप कार्कीले पन्च गर्दै बाहिर फालिदिए। ३३औं मिनेटमा बुटवल लुम्बिनीले पाएको मिनेटमा इजाकिल अखिल तमाराले हानेको फ्री किक पोस्टमाथि बाहिरिएको हो। ३८ औँ मिनेटमा बुटवल लुम्बिनीको लागि फिलिपा एड्जाले हानेको प्रहार झापा एफसीका गोलकिपर निमान्जा लेमाजिकले सेभ गरेका हुन्।
खेलको ७० औँ मिनेटमा बुटवल लुम्बिनी एफसीका कप्तान एरिक बिष्टले रातो कार्ड खाएका छन्। उनले दुईवटा पहिलो कार्ड सहित रातो कार्ड खाएका हुन्। १० खेलाडीमा सीमित भएको बुटवल लुम्बिनीले त्यसपछि भने पूर्णरुपमा डिफेन्सिभ खेल्दै शून्य बराबरीमा खेल सकेको हो। सोमबार पोखरा थन्डर्स र एफसी चितवनले खेल्नेछन्।