२०८३ बैशाख २३ गते , बुधबार

हैदराबादलाई हराउँदै दिल्लीको लगातार दोस्रो जित

sajilo news
झापा
२०८१ चैत्र १७ गते , आईतबार
हैदराबादलाई हराउँदै दिल्लीको लगातार दोस्रो जित

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आइतबार विशाखापटनममा भएको खेलमा मिचेल स्टार्कको ५ विकेट तथा फाफ डुप्लेसको अर्धशतक मद्दतमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो । १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर फाफ डुप्लेसीले ५० रन बनाउँदा जेक फ्रेजर मेगर्कले ३८ तथा अभिषेक पोरेलले अविजित ३४ रन बनाए । ट्रिस्टन स्टब्स २१ रनमा अविजित रहे । केएल राहुलले १५ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ८ बल अगावै अलआउट हुँदै १६३ रन बनाएको थियो । अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाएका थिए । हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाए ।

दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए ।योसँगै दिल्लीले २ खेलमा  ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको हैदराबादको ३ खेलमा २ अंक छ ।

सम्बन्धित समाचार