२०८३ बैशाख २३ गते , बुधबार

मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ

sajilo news
मोरङ
२०८१ चैत्र १७ गते , आईतबार
मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ

मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट १ लाख ५ हजार रूपैयाँ बढी बरामद भएको छ। तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१० भाउन्नेका ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० वर्षीय कमल डोटेल, ४५ वर्षीय बद्री विष्ट, ३५ वर्षीय सुमन भण्डारी, ५३ वर्षीय पदमबहादुर भण्डारी, ५८ वर्षीय दिलबहादुर तामाङ, ३९ वर्षीय लिलम लिम्बू र ४५ वर्षीय विश्वकुमार याक्खा रहेका छन्। 

मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार बेलबारी–१० भाउन्नेमा सन्तोष याक्खाले सञ्चालन गरेको प्रशान्त होटलबाट उनीहरुलाई शनिबार साँझ ६:४० बजेतिर पक्राउ गरिएको हो। तास खेलिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले होटलमा छापा हानेको थियो। 

होटलमा छापा हानेर पक्राउ गरिएका ८ जनाको साथबाट १ लाख ५ हजार ८० रूपैयाँ नगद र ८ बुक तास बरामद भएको जानकारी एसपी चिमरियाले दिए। प्रहरीले छापा हान्नसाथ होटल सञ्चालक सन्तोष याक्खा फरार भएका छन्। फरार रहेका याक्खाको खोजी भइरहेको चिमरियाले बताए। 

सम्बन्धित समाचार