२०८३ बैशाख २३ गते , बुधबार

लखनउले हैदरावादलाई ६ विकेटले हरायो

sajilo news
एजेन्सी
२०८१ चैत्र १५ गते , शुक्रबार
लखनउले हैदरावादलाई ६ विकेटले हरायो

इण्डियन प्रिमियर लिग (आइपीएल)मा  सनराइजर्स हैदरावाद घरेलु मैदानमा पराजित भएको छ।  हैदरावादलाई लखनउ सुपर जायन्ट्सले ६ विकेटले परजित गर्यो। १ सय ९१ रनको लक्ष्य लखनउले १६ दशलमव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

लखनउको जितमा निकोलस पुरनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ७० रन जोडे। दोस्रो विकेटका लागि मिचेल मार्शसँग पुरनले १ सय १६ रनको शतकीय साझेदारी गरे। मार्शले ५२ रन बनाए।  कप्तान ऋषभ पन्त १५ रनमा आउट हुँदा अब्बदुल समाद  २२ रनमा अविजित रहे। ​ 

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए। त्यसअघि घरेलु मैदान राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो।  

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे। अनिकेत बर्मा ३६ रन जोड्दै आउट भए। ​ नितिश कुमार रेड्डि ३२, हेनरिक क्लासेन २६ तथा अभिषेक शर्मा ६ रनमा आउट भए। 

पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध शतक बनाएका इशान किशन पहिलो बलमा नै आउट भए। कप्तान कमिन्सले १८ रन बनाए।  लखनउको लागि शार्दुल ठाकुरले ४, आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवले समान १ विकेट गरे।

लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो। ​ हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो।प्रतियोगिता अन्तरगत आज चेन्नइ सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच राति पौने ८ बजे चेन्नइमा हुनेछ। 

सम्बन्धित समाचार