२०८२ बैशाख ५ गते , शुक्रबार

इलामको कन्याममा मासुको लागि जिउँदै गोरुको फिला काटियो

sajilo news
इलाम
२०८१ चैत्र ९ गते , शनिबार
इलामको कन्याममा मासुको लागि जिउँदै गोरुको फिला काटियो

इलामको सूर्योदय नगरपालिका-६ कन्याममा गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । गोरुको मासु काटेर कसले लगेको भन्ने हालसम्म पत्ता लागेको छैन ।
गोरुको एकपट्टि खुट्टाको फिला हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो । स्थानीय किसान राम राईले पालेको गोरुको फिला काटेर लगिएको पाइएको छ । उक्त गोरुको एकदमै क्रूरतापूर्वक जिउँदै अवस्थामा फिला काटिएको थियो ।
सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तङ्ग्रिँदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको र गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको अवस्थामा भेटिएको थियो ।

यसअघि पनि उनै किसानको एक हल गोरुको फिला काटेर लगिएको थियो । यसअघि पनि फिला काटेर लगेकै कारण गोरु मरिसकेको छ । उस्तै प्रकृतिको यो दोस्रो घटना हो ।
आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, कसले यस्तो बीभत्स कार्य गरेको भन्नेबारे खुलेको छैन ।

सम्बन्धित समाचार