२०८३ बैशाख २३ गते , बुधबार

झापामा सहकारीको ३ करोडभन्दा बढी रकम हिनामिना गर्ने भुजेल पक्राउ

sajilo news
झापा
२०८१ चैत्र ७ गते , विहीबार
झापामा सहकारीको ३ करोडभन्दा बढी रकम हिनामिना गर्ने भुजेल पक्राउ

बिर्तामोड मुख्य कार्यालय रहेको हाम्रो नेपाल सहकारी संस्था लिमिटेडको ३ करोडभन्दा बढी रकम हिनामिना गर्ने एक कर्मचारी पक्राउ परेका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज सेवा केन्द्रका प्रमुख जीवन भुजेल पक्राउ परेका हुन् । गौरादह-२ घर भई हाल सहकारीको शिवगञ्ज सेवा केन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति , बचत तथा ऋण हिनामिना गरेको आरोप लागेको हो ।

सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनलाई हिजो पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार