२०८३ बैशाख २३ गते , बुधबार

एक ट्रक रुपैयाँसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८१ चैत्र ५ गते , मंगलबार
एक ट्रक रुपैयाँसहित दुई जना पक्राउ

प्रहरीले २० करोड बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ। प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए। बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार