२०८३ बैशाख २३ गते , बुधबार
झापाका निर्माण व्यवसायी सिटौला बैङ्किङ कसूर मुद्दामा पक्राउ
झापाका निर्माण व्यवसायी हिमाल सिटौला बैङ्किङ कसूर मुद्दामा पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-७ निवासी सिटौलालाई पक्राउ गरी मंगलबार झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए । प्रहरीमा मुद्दा परेपछि सिटौला फरार थिए ।
ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले बीएण्डबी हार्डवेयर सुरुङ्गाको २७ लाख ७५ हजार ५ सय रुपैयाँ नतिरेको भन्दै रोशन बिमलीले मुद्दा दायर गरेका थिए ।