२०८३ बैशाख २३ गते , बुधबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

sajilo news
झापा
२०८१ फाल्गुन २६ गते , सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई  २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर पौवादुम्मा गाउँपालिका- ६ का ४६ वर्षीय शान्तकुमार राई रहेका छन् ।

भोजपुरको साविक ठुलोदुम्मा गाविस- ८ का विजयकुमार राईलाई शान्तकुमारले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको अवस्थामा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना पश्चात् फरार रही लुकिछिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँघरमा नै आएको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार भोजपुर पठाइएको छ । 

सम्बन्धित समाचार