२०८२ बैशाख ९ गते , मंगलबार
यो वर्षको एसइईमा ५ लाख २२ हजार परीक्षार्थी

यस वर्ष आगामी ७ चैत देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ को एसइईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।
परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिएका छन । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने ।