२०८३ बैशाख २३ गते , बुधबार
आज भारत र अष्ट्रेलिया भिड्दै
आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आज भारत र अष्ट्रेलिया भिड्दै छन्। खेल दुबईमा दिउसो पौने ३ बजे सुरु हुनेछ। भारतले आइतबार न्युजिल्याण्डलाई ४४ रनले पराजित गर्दै समूह एको विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।
भारतले न्यूजिल्याण्ड, बंगलादेश र पाकिस्तानलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। अष्ट्रेलिया भने समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको हो। च्याम्पियन्स ट्रफीमा यी दुई टोली सन् २००९ पछि पहिलो पटक आमनेसामने हुन लागेका हुन्। दोस्रो सेमिफाइनलमा भोलि दक्षिण अफ्रिका र न्यूजील्याण्ड टोलीहरू भिड्ने छन्।