मेची रंशगालामा आज झापा ११ र चर्च ब्वाईच भिड्दै
भद्रपुर झापा गोल्डकप
झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज झापा ११ एफसी र चर्च ब्वाईच युनाइटेड भिड्दैछ । मछिन्द्रलाई हराउँदै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा चर्च ब्वाईच पहिलो खेल खेल्दैछ ।
मेची रंगशालामा हुने दोस्रो क्वाटर फाइनल खेलमा यी दुई टोली दिउँसो २:३० मैदानमा उत्रिने लागेको हो । गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । एक जना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटेलका तर्फबाट दिन एक जना दर्शकले दुई जनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुई वटा चाँदीको सिक्का पाउने गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।