२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुर झापा गाेल्डकप : आज भद्रपुर र पुलिस क्लब भिड्दै

sajilo news
झापा
२०८१ फाल्गुन ९ गते , शुक्रबार
भद्रपुर झापा गाेल्डकप : आज भद्रपुर र पुलिस क्लब भिड्दै

भद्रपुर ।  दाेस्राे संस्करणकाे भद्रपुर झापा गाेल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुँदैछ ।  

आज पहिलाे क्वाटरफाइनल खेलमा आयाेजक भद्रपुर ब्लेजर्स र विभागिय टाेलीले नेपाल पुलिस क्लब भिड्ने भएकाे छ । मेची रंगशालामा हुने खेल दिनको २:३० बजे देखि हुनेछ ।

उद्घाटन खेलमा भद्रपुर व्लेजर्सले भारत दार्जिलिङ पुलिस क्लबलाई ४- ३ गाेल अन्तरले पराजित गरेका थिए । 

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट दिन एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाउनेछन ।

सम्बन्धित समाचार