२०८१ चैत्र १४ गते , विहीबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको मूल्य वृद्धि हुँदा डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ।