२०८१ चैत्र १४ गते , विहीबार
अरनिको माविका छात्रालाई साइकल वितरण, उपप्रमुख कार्कीले दिइन् ५१ हजार

भद्रपुर । भद्रपुर नगरपालिका-३ सुर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयले जेहनदार छात्रालाई साइकल वितरण गरेको छ । विद्यालयले आफ्नो ५७ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर कक्षा ९ मा अध्ययनरत जेहनदार छात्रा सरिता पौडेललाई साइकल प्रदान गरेको हो ।
उक्त साइकल अरनिको भूपू विद्यार्थी समाजको अक्षयकोषको ब्याजबाट खरिद गरिएको कार्यक्रम संयोजक शम्सेर तामाङ मोक्तानले जानकारी दिए । भूपू विद्यार्थी समाजले विद्यालय मर्मत गर्न सङ्कलन गरेको १० हजार नगदसमेत विद्यालयलाई हस्तान्तरण गरेको थियो । कार्यक्रममा समाजका सदस्यद्धय रिना खडका र दिल कुमार लिम्बु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले अधुरो भवन निर्माण गर्न व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।