२०८१ चैत्र १४ गते , विहीबार

इलाममा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु

sajilo news
इलाम
२०८१ माघ २६ गते , शनिबार
इलाममा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु

इलाममा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । इलाम नगरपालिका– ९ पोखरिया स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय विमल खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो । बिहीबार साँझ ७ बजेतिर खवासले सुनुवारलाई कुटपिट गरी घाइते बनाएका थिए । सडकमा घाइते भई लडिरहेको अवस्थामा फेला पारी अटोमा हालेर सुनुवारलाई जिल्ला अस्पताल इलाम पठाइएको थियो । जिल्ला अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भई घर गएकोमा हिजो बिहान घाइते सुनुवारले बान्ता गरेका थिए ।

उनलाई आफन्तले पुनः जिल्ला अस्पताल इलाममा लगेकोमा त्यहाँबाट थप उपचारको लागि बिर्तामोड ल्याउँदै गर्दा दिउँसो १ बजेतिर इलामको कन्यामामा मृत्यु भएको हो । कुटपिट गर्ने खवासको खोजतलास भइरहेको इलाम प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार