२०८३ श्रावण ३१ गते , आईतबार

भोलिदेखि बिर्तामोडमा अन्तरपालिका महिला फुटबल प्रतियोगिता

sajilo news
झापा
२०८१ माघ २५ गते , शुक्रबार
भोलिदेखि बिर्तामोडमा अन्तरपालिका महिला फुटबल प्रतियोगिता

झापाको बिर्तामोड भोलिदेखि सुरु हुने अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडले भोलीदेखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो।

नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ । पहिलो दिनको खेलमा बुद्धशान्ति र बिर्तामोडबीच प्रतिस्पर्धा हुने जनाइएको छ । 

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।  प्रतियोगिता उद्घाटनमा क्रिकेट जित्ने पालिकाका खेलाडीहरूलाई ५० हजार नगद सहित पुरस्कृत गरिने क्रिकेट संयोजक विशाल अग्रवालले जानकारी दिए। खेलकुद विकास समितिका सचिव बिसन लिम्बूका अनुसार डोमालाल राजवंशी रङ्गशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ । महिला फुटबल प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि प्याराफिट र मैदान तयार भइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार