२०८२ बैशाख ५ गते , शुक्रबार

भद्रपुरमा टेलिकमको तार चोर्दाचोर्दै बिर्तामोडका युवक पक्राउ

sajilo news
झापा
२०८१ माघ २५ गते , शुक्रबार
भद्रपुरमा टेलिकमको तार चोर्दाचोर्दै बिर्तामोडका युवक पक्राउ

भद्रपुरमा नेपाल टेलिकमको तार चोर्दाचोर्दै बिर्तामोडका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ स्थित गरामनीका २३ वर्षीय अजय लामा रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गएराति टेलिकमको २०० मिटर तामाको तार चोरी गरी लैजाँदै गरेको अवस्थामा लामालाई भद्रपुर-८ स्थित संगमचोकबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट तार काट्न प्रयोग गरिने औजारसमेत बरामद गरेको छ । 

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । लामाले भद्रपुरका विभिन्न सडक पोलबाट तार काटेर लगिँदै गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।पछिल्लो समयमा भद्रपुर क्षेत्रमा चोरी घटना बढेसँगै प्रहरीले रात्रि साइकल गस्ती गरिरहेको छ । सो अभियानको क्रममा लामा पक्राउ परेको जनाइएको छ ।  

सम्बन्धित समाचार